अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोभिड-१९ पुष्टि



Download our app to get more features

भारतका महानायक अमिताभ बच्चनलाई कोरोना भाइरस रोग (कोभिड १९) पुष्टि भएको छ । उनीसँगै उनका छोरा अभिषेक बच्चनलाइए पनि कोरोना भाइरस पुष्टि भएको छ । 

उनीहरुले ट्वीट मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्।  अमिताभ बच्चनले १० दिनअघिसम्म आफ्नो सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । 

मुम्बईको नानावती अस्पतालमा बच्चनको उपचार भइरहेको छ । 

७७ वर्षका बच्चनको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बच्चनका परिवारका सबै सदस्यको कोरोना परीक्षण भएको छ तर रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । 

बच्चनका परिवारले उनको स्वास्थ्य अवस्थाका बारेमा स्वयम् आफैले ट्वीट मार्फत जानकारी गराउने बताएका छन् । आधिकारीक रुपमा बच्चनको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले भने कुनै जानकारी दिएको छैन । 

Last modified on 2020-07-12 09:07:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts