जया बाहेक बच्चन परिवारका सबैलाई कोरोना, अस्पताल भर्ना भए ऐश्वर्या र अराध्या



Download our app to get more features

भारत, २८ असार । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । यसअघि शनिवार मात्रै बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगतै दुबै जना मुम्बईस्थित नानावति अस्पतालमा भर्ना भएका छन् । दुबै जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।

यता अमिताभ बच्चनकी श्रीमति एवं अभिनेत्री जया बच्चनको अर्को रिपोर्टमा नेगेटिभ आएको छ । 

अमिताभलाई कोरोना पुष्टि भएपछि उनको जल्सा भन्ने घरलाई स्यानिटाइज गरिएको छ भने उनको सम्पर्कमा आएकाहरुको पनि कोरोना परीक्षण गर्ने तयारी भएको छ ।

यसअघि शनिवार ऐश्वर्याको कोरोना रिपोर्ट नेगेटिभ आएपनि अर्को रिपोर्टमा भने कोरोना पुष्टि भएको हो । 

अमिताभ बच्चन पछिल्लो समय हिन्दी रियालिटी कार्यक्रम कोन बनेगा करोडपतिको सुटका लागि तयारीमा थिए । सम्भवतः त्यहि उनमा कोरोना संक्रमण भएको हुन सक्ने बताइएको छ ।

Last modified on 2020-07-12 16:30:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts