ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा हरिश जोशी नियुक्त



Download our app to get more features

काठमाडौ, १३ फागुन । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त भएका छन्।
अस्पतालमा आयोजित एक समारोहका बीच बुधबार डा. जोशीले पदभार ग्रहण गरेका छन्।

ॐ अस्पताल संचालक समितिका अध्यक्ष समेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले उनलाई स्वागत गरेका थिए।

समारोहमा आफ्नो संक्षिप्त मन्तव्य राख्ने क्रममा नवनियुक्त मेडिकल डाइरेक्टर डा. जोशीले ॐ अस्पताल नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी सेवा प्रदायक भएको उल्लेख गर्दै अब समय सापेक्ष सुधारसँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

सो अवसरमा विश्ननाथ कोइराला र नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाईंले स्वागत मतव्य राखेका थिए।

ॐ अस्पतालको स्थापनाकालदेखी नै सेवारत डा. जोशीले यस अघि पनि लामो समयसम्म ॐ अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा काम गरिसकेका छन्।

Last modified on 2021-02-26 09:20:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts