विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो

२४ घन्टामा थपिए ४ लाख ३ हजारभन्दा बढी नयाँ संक्रमित



Download our app to get more features

एजेन्सी, २३ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर कोरोना भाइरसको संक्रमणका कराण थप ७ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ ।  योसँगै विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ लाख २३ पुगेको छ ।

गत २४ घन्टामा मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा १ हजार ५ सय १४,  ब्राजीलमा १ हजार ४ सय ९८ जना रहेका छन् । 

यस्तै रुसमा ४ सय ४१, बेलायतमा १ सय ५८, फ्रान्समा १ सय ७०, इटलीमा ३ सय ७, जर्मनीमा १ सय ७३, कोलम्बियामा १ सय १२, पोल्यान्डमा २ सय ४५, युक्रेनमा १ सय ५६ जना, इन्डोनेसियामा १ सय २८ जना, पेरुमा १ सय ९०, हंगेरीमा १ सय ४५ जनाको मृत्यु भएको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर थप ४ लाख ३ हजार ४ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ११ करोड ७० लाख ७८ हजार ८ सय ७९ पुुगेको छ ।

हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये ९ करोड २६ लाख ५५ हजार ८ सय ४ जना स्वस्थ भएका छन् ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड १८ लाख २३ हजार ४२ रहेको छ ।

Last modified on 2021-03-07 13:16:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts