कोरोना खोप लगाइसकेका अमेरिकी नागरिक अब स्वतन्त्र रुपमा हिँडडुल गर्न सक्नेः सीडिसी



Download our app to get more features

बीबीसी, २५ फागुन । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना खोप लगाइसकेका नागरिकलाई स्वतन्त्र रुपमा हिँडडुल गर्न सक्ने बताएको छ । 

सीडिसीले खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग भेटघाट गर्न तथा सामान्य जनजीवनमा फर्कन सक्ने नयाँ मापदण्ड निर्धारण गरेको छ । जसमा 
खोपको दोस्रो मात्रा लगाएको दुई सातापश्चात पूर्ण सुरक्षित हुने सिडिसीले जनाएको छ ।

कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म ३ करोड अमेरिकी नागरिकले खोपको पूर्ण मात्रा लिइसकेका छन् ।

सोमबार सार्ववनिक गरिएकको नयाँ मापदण्डअनुसार अब पूर्ण खोप लिइसकेका अमेरिकीले मास्क वा सामाजिक दूरी बिना नै भेटघाट गर्न सक्छने छन् ।

कोभिड १९ भएका अन्यसँग भेटघाट गरेपनि कुनै लक्षण देखा परेन भने परीक्षण वा क्वारन्टिन गर्नु नपर्ने पनि मापदण्डमा बताइएको छ ।

Last modified on 2021-03-10 16:25:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts