विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २० करोड नाघ्यो, थप ९ हजार ९ सय ३९ जनाको मृत्यु



Download our app to get more features

एजेन्सी, २० साउन । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २० करोड नाघेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ६ लाख १५ हजार ५ सय ४१ नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २० करोड २ लाख ३५ हजार २ सय ७० पुगेको छ ।

गत २४ घन्टामा थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा धेरै १ लाख ४ हजार ७ सय ५८ जना रहेका छन् । यस्तै भारतमा ४२ हजार ५ सय ६६, ब्राजिलमा ३२ हजार ५ सय ७२, ईरानमा ३९ हजार १९, इन्डोनेशियामा ३३ हजार ९ सय, फ्रान्समा २६ हजार ८ सय २९, टर्कीमा २४ हजार ८ सय ३२, बेलायतमा २१ ह्जार ६ सय ९१ र स्पेनमा २० हजार ३ सय २७ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ९ हजार ९ सय ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ लाख ५८ हजार ४ सय ५५ पुगेको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ हजार २ सय ३८ जनाको मृत्यु भएको छ । 

यस्तै रुसमा ७ सय ८८, भारतमा ५ सय ६१, दक्षिण अफ्रिकामा ५ सय ५५, अमेरिकामा ५ सय १६ र अर्जेन्टिनामा ४ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये ४ लाख ६४ हजार ४ सय ४५ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १८ करोड ५ लाख ५ हजार ३ सय ६ पुगेको छ ।

Last modified on 2021-08-05 07:45:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts