यसकारण जरुरी छ योग अभ्यास



Download our app to get more features

मानव जीवनका लागि निकै नै महत्वपूर्ण मानिने योगले मानिसलाई विभिन्न रोगबाट जोगाउनका लागि सहयोगी हुनुका साथै फुर्तिलो र शरीर आकर्षक बनाउनका लागि योग महत्वपूर्ण मानिन्छ ।

पछिल्लो समय योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै । योग गर्ने तरिका धेरै छन् । यी फरक–फरक शैलीमा गरिने योगले हाम्रो अंगअंगमा फाइदा पुग्छ । योगले स्वस्थ जीवनयापनमा मद्दत गर्छ । त्यसैले पनि योग हरेक दिन र हरेक मानिसका लागि फाइदाजनक छ ।

दैनिक १२ मिनेटसम्म गरिने ध्यानले चाँडै देखिने बुढ्यौली ४३ प्रतिशतले कम गर्न सकिन्छ ।

  • दम, डाइबेटिज, खाद्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी, ढाड दुख्ने, उच्च रक्तचापजस धेरै दीर्घ रोगमा योगको उत्कृष्ट योगदान हुन्छ ।
  • व्यक्तिको निर्णय क्षमता एकाग्रता एवं खुसीपनालाई योगले बढाउँछ ।
  • योगले मनोभावनात्मक आवेगलाई शिथिल बनाउँछ । विविध कारणले उत्पन्न हुने चिन्ता, तनाव र रिस बढाउने कर्टिसोल नाम गरेको हर्मोन घटाउन योग महत्वपूर्ण छ ।
  • योगले शरीरको सबैभन्दा ठूलो स्नायु भ्यागस नर्भलाई उत्तेजित बनाउँछ, शरीरमा अक्सिजनको खपत बढाउँछ र एन्डारोजिन नामक हर्मोन वृद्धि गरी तनाव नियन्त्रण गर्छ ।
  • डिप्रेसन तथा मानसिक रोगजस्तो कहालीलाग्दो समस्यालाई समाधान गर्ने एउटा सुरक्षित र भरपर्दो उपाय योग अभ्यास नै हो ।
Last modified on 2019-03-02 07:18:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts