गर्मीले सतायो ? चन्द्रभेदी प्राणायाम गर्नुहोस्



Download our app to get more features

स्वस्थ र निरोगी रहन योगाको भूमिका महत्वपूर्ण रहने पुष्टि भइसकेको छ ।

यसकारण योगाप्रति सर्वसाधारणको रुची र आर्कषण बढ्दो छ । तन्दुरुस्त र स्वस्थ जीवनका लागि योगा निकै प्रभावकारी व्यायामका रुपमा स्थापित भइसकेको छ । मौसम अनुसार गरिने योग छुट्टाछुट्टै हुन्छन् । जसमध्ये चन्द्रभेदी प्राणायाम गर्मीमा गरिने एक योग हो । यो प्राणायामले शरीरमा शितलता प्रदान गर्छ । गर्मीको बेला यो प्राणायाम गर्ने हो भने शरीरमा शितलताको महशुस हुन्छ र पित्त सम्बन्धी रोगहरूबाट छुटकारा मिल्छ ।

यति मात्र होइन चन्द्रभेदी प्राणायामले गर्मी, अमिलो डकार पनि कम गर्छ । यो प्राणायमले शरीरको रगत शुद्ध गर्ने र छाला सम्बन्धी रोगमा राहत प्रदान गर्छ । उच्च रक्तचाप, चिड्चिडापन, अनिन्द्रा र तनावलाई पनि कम गर्न सहयोग गर्छ । 

विधी :

सिधा पलेँटी कसेर बस्ने र आँखा बन्द गर्ने । सिधा हातले प्राणायाम मुद्रा बनाएर नाकको दाहिने प्वाललाई बुढी औँलाले बन्द गरी देब्रे प्वालबाट विस्तारै–विस्तारै श्वास बाहिर निकाल्ने । फेरि देव्रे प्वाल बन्द गरेर आवाज ननिकाली विस्तारै–विस्तारै श्वास तान्ने । केही समय श्वासभित्रै रोकेर आवाज ननिकाली दाहिने नाकबाट बाहिर निकाल्ने । यो प्रक्रियालाई चन्द्रभेदी प्राणायाम भनिन्छ । १५ देखि २० पटकसम्म यो प्रक्रिया गर्ने । त्यसपछि हात तल राखेर केही समय शान्त मनले आँखा बन्द गरेर बस्ने ।

सावधानी :

दम, कफ् रोग, न्यूनरक्तचाप वा चिसोको समयमा यो प्राणायाम उपयुक्त हुँदैन ।

 

Last modified on 2018-05-15 10:22:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts