जब स्वास्थ्य पत्रकारले योग गरे... (फोटोफिचर)



Download our app to get more features

काठमाडौं, ५ असार । अन्तराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य पत्रकारहरुले सामुहिक योग गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कार्यालयमा स्थापना गरेको योगशालामा पत्रकारहरुले योग अभ्याँस सिकेका हुन् । विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले योगविज्ञानका बारेमा जानकारी गराउँदै योगअभ्याँस गराए । डा. उपाध्यायले योग र आयुर्वेद कुनै व्यायाप वा उपचार नभई जीवन पद्धति भएको बताए ।

जीवनशैलीमा मानिसहरुले जीवनयापनको पूर्वीय एवं शास्त्रीय मान्यता भुल्दै गएको भन्दै उपाध्यायले योगलाई अवलम्बन गर्न सबैलाई आग्रह गरे । पत्रकारहरुले योगको महत्व अनुभूति गरेमामात्रै योगको प्रवद्र्धन हुने भन्दै विभागले कार्यक्रमको आयोजना गरेको जनाएको छ । पाँचौ अन्तराष्ट्रिय योग दिवस शुक्रवार मनाइँदै छ । योगलाई निरोगको मुख्य आधार भन्दै पछिल्लो समय विश्वभर नै योगअभ्याँस, व्यायाप, ध्यान, प्राणायम विस्तार हुँदै छ ।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रुपमा मनाउने घोषणा गरेको हो । सो घोषणाका लागि राष्ट्रसंघमा भारतले प्रस्ताव र नेपालले समर्थन गरेको थियो । योग मूलतः पूर्वीय विज्ञान हो जुन पश्चिमा विज्ञानभन्दा धेरै पुरानो हो । तर, योग विज्ञानका विभिन्न आयाम र अभ्याँसलाई राज्यले नबुझ्दा योगको महत्व र आवश्यक्ताका बारेमा सचेतना विस्तार हुन सकेको छैन । योग संस्कृति शब्द हो । यसको अर्थ हुन्छ, जोड्नु वा जोडिनु अर्थात मन, मश्तिष्क र शरीरलाई एकाकार बनाउनु ।

हेरौं योग दिवसको पूर्वसन्ध्यामा सञ्चालित योग अभ्याँसका केही तस्वीर

​​​​​​

Last modified on 2019-06-22 15:29:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts