शीतलहर रोगको कारण बन्न सक्छ, ध्यान दिनुस् यी कुरामा



Download our app to get more features

हरेक वर्ष बढ्दै गएको वातावरणीय प्रदूषण र त्यसबाट उत्पन्न हुने मौसमको बदलावका कारण तराई भेगमा शीतलहरका कारण जनजीवन  कष्टकर हुने गर्छ । जसले गर्दा तराईका नागरिकहरुको स्वास्थ्यमा ठूलो असर पार्न सक्छ । तराईमा हुने शीतलहरबाट आफ्नो स्वास्थ्य जोगाउने तरिकाबारे छातीरोग विशेषज्ञ डा.दिर्घसंघ बमको सुझाव :

१. शीतलहर प्रायः मंसिरदेखि माघसम्म चल्ने गर्छ । मुख्य गरी तराईका जिल्लामा देखिने शीतलहरमा बाक्लो हुस्सुसँगै शीतलको वर्षा हुन्छ, जसले गर्दा अत्यधिक चिसो हुन्छ । यसबाट विभिन्न रोग बढ्ने तथा पुराना रोगहरु बल्झने सम्भावना हुन्छ । आफ्नो स्वास्थ्यमा ध्यान नपु¥याएमा मानिसको मृत्युसमेत हुन सक्छ ।

२. शीतलहरका कारण स्वस्थ मानिसमा टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, छाती दुुख्ने हुन सक्छ । त्यस्तै, दमका बिरामी बढ्ने तथा छातीसम्बन्धी समस्या भएका बिरामीहरुमा चिसोले रोग बल्झने, निमोनिया हुने समस्या हुन सक्छ ।

३. बृद्धबृद्धा तथा कम उमेरका बालबालिकाहरुमा शीतलहरले बढी असर गर्छ । जसले गर्दा चिसो र शीतलहरका कारण फोक्सोका दीर्घरोगीहरुलाई रोगले बढी सताउने गरेको पाईन्छ ।

४. छोटो समयको शीतलहर भएपनि यसले मानिसको स्वास्थ्यमा ठूलो प्रभाव पार्ने गर्छ । शीतलहरबाट बच्न सकेसम्म बिहानको समयमा घरबाहिर निस्कनु हुँदैन ।

५. घरबाहिर निस्कनै परेको खण्डमा पनि न्यानो कपडा लगाउने, टाउको राम्रोसँग छोप्ने, मुखमा पनि मास्कको प्रयोग गर्ने गर्नुपर्छ । घाँटी र छातीलाई न्यानो बनाएर राख्ने र जुत्ता, मोजा लगाउन पनि बिर्सनु हुँदैन ।

६. यो मौसममा तातो परिकार खाने गर्नुपर्छ । झोलिलो पदार्थमा बढी जोड दिनुपर्छ । चिसोका कारण शरीरभित्र प्रत्यक्ष असर पर्न सक्छ । त्यसैले यो मौसममा मानिसले पौष्टिक आहारको प्रयोग धेरैभन्दा धेरै गर्ने बानी गर्नु राम्रो मानिन्छ ।

७. घरका झ्यालढोका न्यानोका लागि बन्द राख्नुपर्छ । शीतलहरका समयमा तराईका मानिसहरु घरमा दाउरा, गुइँठा बालेर आगो ताप्ने गर्छन् । न्यानो प्राप्त गर्ने यो एक प्रकारको पारम्परिक र ठीक तरिका पनि हो । तर, कोठाभित्र झ्यालढोका थुनेर दाउरा, गुइँठा बालेर आगो ताप्दा अक्जिनको कमी हुन सक्छ । यसले निसासिएर मानिसको मृत्यु पनि हुन सक्ने हुँदा आगो बालेर ताप्दा विशेष ध्यान दिनुपर्छ ।

८. फोक्सोका बिरामीलाई धुवाँका कारणले असर गर्ने हुन्छ । यस्तो अवस्थामा आगो बाल्दा ध्यान पु¥याउनुपर्छ । स्वास्थ्यमा समस्या देखापर्नासाथ चिकित्सककहाँ जानुपर्छ ।

Last modified on 2020-01-09 15:36:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts