कोरोना संक्रमितको उपचारमा डाक्टरले पाए सफलता, 'डेक्सामेथासोन' औषधि लाभकारी भएको दावी



Download our app to get more features

एजेन्सी, २ असार । कोरोना भाइरसको महामारी विरुद्धको औषधि र खोपको अनुसन्धानमा जुटेका डाक्टरहरुको एक टोलीले प्रभावकारी औषधि पत्ता लागेको दावी गरेका छन् । बीबीसीका अनुसार पुरानो र सस्तो औषधिबाट कोरोना भाइरसका कारण गम्भीर बनेका रोगीको ज्यान जोगाउनमा प्रभावकारी बनेको दावी गरिएको छ । पत्ता लागेको औषधिको नाम डेक्सामेथासोन (Dexamethasone) हो ।

बेलायतका विज्ञहरुका अनुसार यो ठूलो सफलता हो । डेक्सामेथासोनको सामान्य डोजले नै कोरोना भाइरससँग लड्नमा मद्दत मिल्छ । परीक्षणको क्रममा भेन्टिलेटरमा भएका बिरामीलाई यो औषधि दिएपछि उनीहरुको मृत्यु हुने खतरा एक तिहाईले कम भएको अध्ययनमा खुलेको छ ।
 
जब कि अक्सिजन सपोर्टमा भएका बिरामीलाई यो औषधिले बढी लाभ पुर्याउने थियो । जुन बिरामीलाई अक्सिजन सप्लाईको आवश्यक हुन्छ तीनमा यो औषधिको प्रयोगले मृत्युको खतरा १÷५ ले कम भएर जान्छ ।

विश्वका सबैभन्दा ठूलो परीक्षणमा डेक्सामेथासोन औषधि सहभागि गरिएको थियो । यदि बेलायतमा यो औषधि पहिलेदेखि उपलब्ध भएको भए ५ हजार मानिसहरुको ज्यान जोगाउन सकिन्थ्यो, किनकी यो औषधि सस्तो रहेको अध्ययनकर्ताहरुले अनुमान गरेका छन् ।
 
एक समूहमा २० कोरोना भाइरस बिरामीलाई डेक्सामेथासोन औषधि दिइएको थियो । जसमा १९ जनालाई अस्पताल जानु परेको थिएन र उनी स्वस्थ भएका थिए । त्यस्तै अस्पतालमा भर्ना भएका उच्च जोखिमयुक्त बिरामीलाई पनि औषधिले फाइदा पुर्याएको थियो ।

विभिन्न रोगको क्रममा पहिलेदेखि नै यो औषधिको प्रयोग गर्नाले इन्फ्लैमेशन कम गर्नका लापग गरिन्छ । परीक्षणको क्रममा अक्सफोर्ड यूनिभर्सिटीको टीमले अस्पतालमा भर्ना भएका करीब २ हजार बिरामीलाई यो औषधि दिइएको थियो । अन्य ४ हजार बिरामीलाई यो औषधि दिइएको थिएन । उनको तुलनामा औषधि सेवन गर्ने बिरामीको अवस्था सुधारात्मक थियो ।

भेन्टिलेटरमा भएका बिरामीको उपचारमा पनि यो औषधि लाभकारी प्रमाणि भएको छ । उनीहरुको मृत्युको खतरा ४० प्रतिशतबाट घटेर २८ प्रतिशतमा झरेको र अक्सिजन सपोर्टमा भएका बिरामीको मृत्युको खतरा २५ प्रतिशतबाट २० प्रतिशतमा झरेको बताइएको छ । प्रमुख अध्ययनकर्ता प्राध्यापक पीटर हर्बीले हालसम्म यो औषधिको प्रयोगबाट कोरोना संक्रमितको मृत्युको दर कम गर्नमा सफल भएको र यो ठूलो उपलब्धी भएको बताएका छन् ।

Last modified on 2020-06-16 20:09:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts