अपडेट

हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा डब्लुएचओले फेरि लगायो रोक

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, ४ असार । भारतमा लगातार छैटोंदिन कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० हजारभन्दा बढीले थपिएको छ । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १२ हजार ८ सय ८१ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ६ट हजार ९ सय नाघिसकेको छ । यस्तै पछिल्लो २४ घन्टामा ३ सय ३४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ हजार २ सय नाघेको छ ।

विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा पुनः रोक लगाएको छ । मलेरिया रोगमा प्रयोग हुने यो औषधिलाई कोरोना संक्रमितको उपचारका लागि संगठनले प्रयोगमा रोक लगाएको हो । विश्व स्वास्थ्य संगठनले विभिन्न अध्ययन र विभिन्न मुलुकमा गरिएको परीक्षणमा हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी नतिजा राम्रो नआएको भन्दै विश्व स्वास्थ्य संगठनले यसमा रोक लगाउने निर्णय गरेको हो । यसअघि पनि संगठनले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगमा अस्थायी रुपले रोक लगाएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगले कोरोना संक्रमितलाई फाइदा हुने भन्दै प्रयोगलाई निरन्तरता दिएपनि संगठनले पनि यसको अनुमतिलाई फुकुवा गरेको थियो । तर, पछिल्लो समय अमेरिकी वैज्ञानिक र अन्य विभिन्न विज्ञहरुले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगले कोरोना संक्रमितको उपचारमा कुनै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै रोक लगाइसकेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका महानिदेशक टेड्रोस अधोनम घेब्रेयसेसले बेलायती डाक्टरहरुले कोरोना उपचारमा प्रभावकारी बताएका डेक्सामेथासोन औषधिको स्वागत गरेका छन् । उनले विश्वभर दिनप्रतिदिन कोरोना संक्रमण फैलिँदै गएको र मृत्यु हुने दरपनि निरन्तर बढी रहेको बेला बेलायतले भनेको डेक्सामेथासोन औषधिले आशा जगाएको भन्दै औषधिको स्वागत गरेका छन् । डेक्सामेथासोन सामान्य प्रकारको स्टेरोयड हो जसले गम्भरीर रुपका कोरोना संक्रमित बिरामीको ज्यान जोगाउनमा मद्दत गरेको भन्दै संगठनले औषधिले लाभ पुर्याएकोमा खुशी व्यक्त गरेका छन् । 

ब्राजिलमा निरन्तर कोरोना संक्रमित थपिँदै गएकोमा बुधवार मात्रै ं३२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । ब्राजिल सरकारका अनुसार बुधवार मात्रै कोरोना भाइरस संक्रमणका कारण १२ सय ६९ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४६ हजार ५ सय १० पुगेको छ भने संक्रमित हुनेको संख्या ९ लाख ५५ हजार नाघेको छ । ब्राजिल अमेरिकापछिको दोस्रो कोरोना प्रभावित मुलुक हो ।
 
अमरिकाका शीर्ष स्वास्थ्य विशेषज्ञहरुले अमेरिकामा कोरोना संक्रमणको दोस्रो चरण सुरु हुन बाँकी रहेको भन्दै चेतावनी दिएका छन् । अमेरिकामा अहिले कोरोना संक्रमणको पहिलो चरण नै रहेको र दोस्रो चरणको शंकटा आउन बाँकी रहेकाले सबैलाई सचेत रहन वैज्ञानिकहरुले आग्रह गरेका छन् । अमेरिकामा हालसम्म पूर्ण लकडाउन गरिएको छैन भने भएको लकडाउनलाई पनि खुकुलो बनाइएको छ । अमेरिका विश्वकै पहिलो कोरोना प्रभावित मुलुक हो जहाँ हालसम्म कोरोना भाइरसका कारण २२ लाख १ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक लाख १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको दोस्रो चरणको शंकटालाई ध्यानमा राखी जर्मनीमा आगामी चार महिनाका लागि ठूलो सभा सम्मेलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । जर्मनीका चान्सलर एंगेला मर्केलले १६ वटै राज्यका प्रमुखहरुसँग गरेको बैठकमा ठूलो सभा समारोहलाई अक्टुबर महिनासम्मका लागि रोक लगाउने निर्णय गरिएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर संक्रमित हुनेको संख्या ८४ लाख ३ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणका कारण ४ लाख ५१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित भएकामध्ये झन्डै ४४ लाख १५ हजारभन्दा बढी स्वस्थ भएका छन् । 

Last modified on 2020-06-18 10:07:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts