अपडेट

कोरोना विरुद्धको आयुर्वेदिक औषधि तयार भएको पतञ्जलीको दावी

विश्वभर संक्रमित हुनेको संख्या ९० लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ९ असार । कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुने र मृत्यु हुनेको दर बढ्दै गएको छ । यो अवस्थामा विश्वका वैज्ञानिकहरु कोरोना भाइरस विरुद्धको खोप  र औषधि तयार गर्ने प्रयासमा जुटि रहेका बेला बाबा रामदेवका संस्थान पतञ्जलिले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दावी गरेको छ । पतञ्जलीले कोरोना विरुद्धको पहिलो आयुर्वेदिक औषधि तयार गरेको दावी गरेको हो । पतञ्जलीले तयार पारेको औषधिको नाम 'कोरोनिल' राखिएको र पूर्ण वैज्ञानिक विवरणका साथ आज सार्वजनिक गर्ने तयारी गरेको छ ।कोरोना विरुद्धको औषधि तयार भएको र आज सार्वजनिक गर्न लागेको जानकारी आचार्य बालकृष्णले आफ्नो सामाजीक सञ्जाल फेसबुकमार्फत् दिएका छन् ।  कोरोनाको आयुर्वेदिक औषधि कोरोनिलको आज १२ बजे हरिद्वारको पतञ्जलि योगपिठमा आचार्य बालकृष्णले सार्वजनिक गर्नेछन् । पतञ्जलि आयुर्वेदिक मेडिसिन्सको तर्फबाट पतञ्जलिले आज कोभिड–१९ बिरामीहरुमाथि र्न्याडमाइज्ड प्लेसबो नियन्त्रित क्लिनिकल परीक्षणको परिणामको बारेमा जानकारी गराउने छ । पतञ्जलि रिसर्च इन्स्टीच्यूट, हरिद्वार एन्ड नेशनल इन्स्टीच्यूट अफ मेडिकल साइन्स, जयपुरले संयुक्त रुपमा जारी गर्नेछ । औषधिको निर्माण दिव्य फार्मेसी, हरिद्वार र पतञ्जलि आयुर्वेद लिमिटेड, हरिद्वारले गरेका छन् ।

कोरोना महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या ९० लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ९१ लाख ८७ हजार ८ सय ६१ पुगेको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ७४ हजार ३ सय ३९ पुगेको छ । सन् २०१९  को डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरसका कारण हालसम्म संक्रमित भएकामध्ये ४ लाख ३७ हजार २ सय ५१ जना स्वस्थ भएका छन् । 

कोरोना महामारीका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । अमेरिकामा मात्रै कोरोना भाइरसका कारण २३ लाख ८८ हजारभन्दा बढी संक्रमित भएका छन् भने १ लाख २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यस्तै ब्राजिल विश्वको दोस्रो कोरोना प्रभावित मुलुक हो । ल्याटिन अमेरिकन मुलुक ब्राजिलमा हालसम्म कोरोना भाइरसका कराण ११ लाख ११ हजारभन्दा बढी संक्रमित भएका छन् भने ५१ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक बनेको रूसमा हालसम्म ५ लाख ९२ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । रूसमा संक्रमणको तुलनामा मृत्यु हुने दर निकै न्यून रहेको छ । हालसम्म कोरोना भाइरसका कारण रूसमा ८ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

संक्रमणको हिसाबले विश्वकै चौथों प्रभावित मुलुक भारतमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख ४० हजार नाघेको छ । भारतमा पनि संक्रमित हुनेको तुलनामा मृत्यु हु्ने दर भने न्यून रहेको छ । भारतमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ ।
 
कोरोना महामारीका कारण विश्वकै पाँचौ प्रभावित मुलुक बेलायतमा हालसम्म ३ लाख ६ हजारभन्दा बढी संक्रमित भएका छन् । बेलायत कोरोना संक्रमणका कारण मृत्यु हुनेमो विश्वकै तेस्रो प्रभावित मुलुक हो । जहाँ हालसम्म ४२ हजार ६ सभन्दा बढीको मृत्यु भइसकेको छ ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । अफ्रिकी महादेशमा दक्षिण अफ्रिका पहिलो मुलुक हो जहाँ कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । हालसम्म दक्षिण अफ्रिकामा ५३ हजार मानिस स्वस्थ भइसकेका छन् भने एक हजार ९ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

जापानले कोरोना भाइरसको जाँचका लागि नयाँ विधि विकास गरेको छ । जापानका अध्ययनकर्ताहरुको एक टिमले सलाइवा टेस्ट अर्थात् र्यालबाट कोरोना परीक्षणको तरिका विकास गरेको छ । जसको प्रयोगबाट २५ मिनेटमा कोरोना परीक्षणको नतिजा आउनेछ । जापानी विश्वविद्यालयहरुसँग काम गरिरहेको एक मेडिकल फर्मले यस टेस्टका लागि काम गरिरहेको र त्यसले घर बसेरै कोरोना परीक्षण आफैले गर्न सकिने बताएको छ । बेलायतमा पनि सलाइवा टेस्टिंगको परीक्षण जारी छ । जसमा १४ हजार स्वास्थ्यकर्मी सहभागि छन् ।

Last modified on 2020-06-23 09:41:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts