पतञ्जलिले बनाएको कोरोना विरुद्धको औषधि विवादमा

मन्त्रालयले भन्यो: 'कोरोनिल' बारे कुनै जानकारी छैन



Download our app to get more features

एजेन्सी, १० असार । पतञ्जलि रिसर्च पाउन्डेशन ट्रस्टले मंगलवार सार्वजनिक गरेको कोरोना विरुद्धको औषधि विवदामा तानिएको छ । 

योग गुरु बाबा रामदेवसँग सम्बन्धीत रहेको पतञ्जलीले मंगलवार एक कार्यक्रमकाबीच कोरोना भाइरस विरुद्धको औषधि बनाएको भन्दै ‘कोरोनिल’ नामक औषधि सार्वजनिक गर्यो । तर, पतञ्जलिले बनाएको औषधिको बारेमा भारत सरकारले अनभिज्ञता जनाएको छ । मन्त्रालयले मंगलवार साँझ पत्र सार्वजनिक गर्दै पतञ्जलीले बनाएको कोरोना भाइरस विरुद्धको औषधिबारे मन्त्रालयलाई कुनै जानकारी नभएको उल्लेख गरेको छ । 

भारतको औषधि सम्बन्धी जिम्मा पाएको आयुष मन्त्रालयले पतञ्जलीले सार्वजनिक गरेको औषधिको बारेमा कुनै जानकारी नभएको बताएको छ । मन्त्रालयले पतञ्जलिको तर्फबाट बनाइएको औषधिको तथ्य र वैज्ञानिक अध्ययनको विषयमा कुनै जानकारी नभएको बताएको छ । साथै मन्त्रालयले औषधिबारे विस्तृत विवरण माग गरेको छ । मन्त्रालयले पतञ्जलिले बनाएको औषधि सर्वसाधारणले कुन आधारमा प्रयोग गर्ने र यो औषधिको परिणाम के हुन सक्छ भन्नेबारे मन्त्रालयलाई कुनै जानकारी नगराइएको पनि पत्रमार्फत् जनाएको छ । यता मन्त्रालयको पत्रपछि बाबा रामदेवले भने दुई तर्फ संवादमा त्रुटि भएको र मन्त्रालयलाई यो विषयमा सबै जानकारी उपलब्ध गराइसकेको दावी गरेका छन् ।

उनले औषधि सार्वजनिक भएकै साँझ आयुष मन्त्रालयलाई औषधि सम्बन्धी सम्पूर्ण जानकारी पठाइएको पनि बताएका छन् । उनले भने, ‘मन्त्रालयलाई पठाइएको पत्रमा औषधि र औषधिको कम्पोजिसनको बारेमा जानकारी गराइएको छ । साथै औषधिको प्रयोग गर्ने तरिकाको बारेमा पनि उल्लेख गरिएको छ ।’ 

मंगलवार एक कार्यक्रमकाबीच बाबा रामदेवले हरिद्वारमा कोरोनाविरुद्धको औषधि ‘कोरोनिल’ सार्वजनिक गरेका थिए । उनले दिल्ली लगायत भारतका विभिन्न सहरमा पतञ्जलीले क्लिनिकल कन्ट्रोल स्टडी गरेको दावी गर्दै अध्ययनको क्रममा दुई सय ८० जना कोरोना संक्रमितलाई सहभागी गराइएको बताए । क्लिनिकल स्टडीको नतिजामा  शतप्रतिशत बिरामी स्वस्थ भएको र कसैको पनि मृत्यु नभएको उनको दावी छ । उनले कोरोनाको सबै चरणलाई औषधिले रोक्ने काम गरेको र दोस्रो चरणमा क्लिनिकल कन्ट्रोल ट्रायल गरिएको जानकारी गराए ।

बाबा रामदेवले एक जना मानिसमा गरिएको क्लिनिकल कन्ट्रोल ट्रायलको अध्ययन गरिको जसमा तीन प्रतिशत बिरामी ६९ प्रतिशत निको भएको अर्थात् कोरोना पोजेटिभ नेगेटिभ भएको  दावी गरेका छन् । यस्तै सात दिनभित्र शतप्रतिशत बिरामी स्वस्थ भएको पनि उनले दावी गरे । उनले यो औषधि सेवनले शतप्रतिशत बिरामी निको भएको र शून्य प्रतिशत मृत्युदर रहेको उल्लेख गरे । क्लिनिकल कन्ट्रोल ट्रायललाई लिएर विभिन्न अप्रुभल लिनुपर्ने हुन्छ । जसका लागि इथिकल अप्रुभल पनि लिइयो, फेरि सीटीआईआरको पनि अप्रुभल र रजिस्ट्रेशन गराइएको बाबा रामदेवले बताए । 

बाबा रामदेवले भने, ‘यो औषधि बनाउँदा देशी सामानको प्रयोग गरिएको छ । समा मुलेठी, काढा जस्ता सामाग्री समावेश छन् । साथै गिलोय, अश्वगन्धा, तुलसी, श्वासरिको पनि प्रयोग गरिएको छ । साथै सबै वैज्ञानिक नियमहरुको पनि पालना गरिएको छ ।’ 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts