अपडेट

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, १३ असार । दक्षिण एसियाली मुलुक भारत हाल कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । दिनकै कोरोना संक्रमितको संख्या बढ्दै गएको भारतमा कोरोना संक्रमितको संख्या पाँछ लाख नाघेको छ । वल्ड विटरको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५ लाख ९ हजार ४ सय ४६ पुगेको छ । यस्तै भारतमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण १५ हजार ६ सय ८९ पुगेको छ । संक्रमणको हिसाबले भारत विश्वकै चौथों प्रभावित मुलुक हो । 
 
अमेरिकामा शुक्रवार एकैदिन ४० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । बीबीसीले लेखे अनुसार अमेरिकामा शुक्रवार ४० हजार ८ सय ७० जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । योसँगै अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २५ लाख ५२ हजार ९ सय ५६ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या १ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलमा कोरोना संक्रमितको नयाँ रेकर्ड बनेको छ । ब्राजिलमा शुक्रवार एकैदिन हालसम्मकै धेरै ४६ हजार ८ सय ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् जबकी पछिल्लो २४ घन्टामा ९ सय ९० जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ लाख ७६ हजार नाघेको छ भने ५६ हजार एक सय ९ जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसका कराण संक्रमित हुनेको संख्यामा वृद्धि हुन थालेको छ । मेलबर्नमा बढ्दो संक्रमणलाई लिएर अस्ट्रेलियायी सरकारले चिन्ता व्यक्त गरेको छ । अस्ट्रेलियामा हालसम्म ७ हजारभन्दा बढी कोरोनाका कारण संक्रमित भएका छन् भने १ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

बेलायत सरकारले आगामी ५ जुलाईदेखि विदेश यात्रामा लगाएको प्रतिबन्द हटाउने भएको छ । त्यसअघि सरकारले केहि युरोपीय मुलुकका लागि भने छुट दिइसकेको छ । जसमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या कम छ त्यस देशका नागरिक बेलायतको यात्रा गर्न सक्छन् । 

ल्याटिन अमेरिकी देशमा कोरोना भाइरसको संक्रमण ग्रामिण क्षेत्रमा फैलिँदै गएको छ ।  अर्जेन्टिना सरकारले ब्योन आयर्समा र त्यसको आसपासका क्षेत्रमा लकडाउनमा कडाईं गर्ने भएको छ । 

गत डिसेम्बर ३१ बाट सुरु भएको कोरोना महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या एक करोड नजिक पुगेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९९ लाख ५ हजार ७ सय ४८ पुगेको छ । यस्तै विश्वभर संक्रमित भएकामध्ये झन्डै ४ लाख ९६ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये ५३ लाख ५७ हजार ८ सय ४० जना स्वस्थ भएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts