भारतमा विकास गरिएको कोरोना विरुद्धको खोप जुलाईदेखि मानिसमा परीक्षण गरिने



Download our app to get more features

एजेन्सी, १६ असार । भारतमा विकास गरिएको कोरोना भाइरस विरुद्धको औषधि जुलाई महिनादेखि मानिसमा परीक्षणमा गर्ने भएको छ । जुलाई महिनादेखि भोलेन्टियरहरुमा कोरोना भाइरस विरुद्धको खोप परीक्षण गर्ने तयारी भएको हो । भारतको हैदराबादस्थित एक औषधि कम्पनी – भारत बायोटेकले यस खोपको विकास गरेको हो ।

औषधि कम्पनीले विकास गरेको खोपको परीक्षण चाँडै गर्ने दावी गरेको छ । तर, खोप कति जना स्वयंसेवहरुमा परीक्षण गरिनेछ भन्ने विषयमा कम्पनीले केही खुलाएको छैन । 

कम्पनीका अनुसार जनावरमाथि यस खोपको परीक्षणको नतिजा उत्साहवर्धक रहेको र सुरक्षित रहेको पाइयो । विश्वभर हाल कोरोना भाइरस विरुद्धको खोपको परीक्षण जारी छ । तर, कतैबाट पनि यसको राम्रो नतिजा आएको छैन । भारतमै पनि आधा दर्जनभन्दा बढी कम्पनीहरु खोपको विकासमा लागि रहेका छन् । तर, मानव परीक्षणसम्म पुगेको यो भारतको पहिलो खोप हो । 

भारत बायोटेकद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, ‘कम्पनीको प्री क्लीनिकल अध्ययन र खोप सुरक्षित रहेको सम्बन्धी दस्तावेजÞ जम्मा गरेपछि मात्रै त्यसलाई क्लीनिकल परीक्षणका लागि अनुमति दिइएको हो ।’

कम्पनीका अनुसार, अब मानिसमाथि यसको दुई चरणमा परीक्षण गरिनेछ । जसको पहिलो चरणमा खोप सुरक्षित भए नभएको हेरिनेछ भने दोस्रो चरणमा खोप कोरोना संक्रमणलाई रोक्न कति सफल हुन्छ भन्ने हेरिने बीबीसीमा उल्लेख छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts