दिल्लीमा कोरोना कन्ट्रोलमा रहेको दाबी



Download our app to get more features

नयाँ दिल्ली, १७ असार । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्कालका लागि भारतमा कोरोना भाइरस कन्ट्रोलमा रहेका दाबी गरेका छन् । उनका अनुसार सर्वसाधारणले निकै सावधानी अपनाएका कारण अहिले कोरोना नियन्त्रणा अनाएको हो ।

उनले सर्वसाधारणको यो सावधानी निरन्तर रहन आवश्यक रहेको पनि जनाएका छन् अन्यथा अघिल्लो महिनाको जस्तै भयावह अवस्था आउन सक्ने चेतावनी दिए । उनले भने, ‘दिल्लीको जुन खालको भयावह तस्बिर अनुमान गरिएको थियो अब त्यस्तो अवस्था छैन । साथै दिल्लीमा कोरोना संक्रमित निकै छिटो निको भइरहेका छन् ।’ 

मुख्यमन्त्री केजरीवालले पहिला ३० जुनसम्ममा एक लाख कोरोना संक्रमित हुने अनुमान गरेको बताए । तर अब अवस्था त्यस्तो नरहेको उनको भनाइ छ । उनले भने, ‘अलिले दिल्लीमा ८७ हजार संक्रमित छन् । त्यसमध्ये ५८ हजार निको भइसकेका छन् । पहिला मलाई लाग्थ्यो १ जुनसम्ममै ६० हजार संक्रमित हुनेछन् । तर अहिले १ जुलाईमा पनि सोही हाराहारीमा संक्रमति छन् । –एजेन्सी
 

बिरामी घटे
मुख्यमन्त्री केजरीवालले दिल्लीमा कोरोनाका नयाँ संक्रमित कम र निको भएर जाने धेरै भएका कारण अस्पतालमा बिरामी निकै कम हुन थालेको बताए । यसको अर्थ दिल्लीमा कोरोनाका कारण हुने मृत्युदर पनि निकै घटेको छ । दिल्लीमा केही समय पहिला एकै दिन कोरोनाका कारण सवा सय जनासम्मको ज्यान गएको थियो । अहिले यो दर आधा कम अर्थात दिनमा ६० जनामा झरेको छ । 

परीक्षण दर बढ्यो 
मुख्यमन्त्री केजरीवालले दिल्ली सरकारले कोरोना भाइरसको परीक्षण दर बढाएको जनाएका छन् ।  उनका अनुसार पहिला सय जनाको कोरोना परीक्षण गर्दा ३१ जनामा संक्रमण देखिन्थ्यो तर अहिले सय नमूना परीक्षण गर्दा १३ जनामा मात्रै कोरोना देखिएको छ । 

विज्ञको भनाइलाई ध्यान नदिन सुझाब
समाजिक सञ्जालहरुमा विभिन्न विज्ञहरुले दिल्लीमा कोरोनाको पीक आवर आएर गइसकेको बताइरहेका बेला मुख्यमन्त्री केजरीवालले भने उनीहरुका कुरामा ध्यान नदिन सुझाब दिएका छन् । आफ्नो जीवन रक्षाका लागि मास्क अनिवार्य लगाउन र सामाजिक दुरी कायम गर्न उनको सुझाब छ । 

Last modified on 2020-07-01 15:46:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts