अक्सफर्ड विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपको नतिजा सकारात्मक



Download our app to get more features

एजेन्सी, १८ असार । बेलायतको अक्सफर्ड युनिभर्सिटिले बनाएको कोरोना विरुद्धको खोप परीक्षणको सकारात्मक परिणाम आएको बताइएको छ । बेलायतको एक संसदीय सुनवाईको क्रममा सरकारी कमिटीलाई दिइएको जानकारी अनुसार विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपको मानिसमा गरिएको परीक्षणले सकारात्मक परिणाम दिएको हो । विश्वविद्यालयले बनाएको खोपको परीक्षण अब क्लिनिकल चरणको तेस्रो चरणमा पुगेको छ । अक्सफर्ड युनिभर्सिटीमा भ्याक्सिनोलोजीका प्रोफेसर सारा गिलिबर्टले खोपको परीक्षणको अर्को चरणका लागि ८ हजार स्वयंसेवीलाई छनौट गरिएको बताइन् । तर, उनले यो खोप कहिलेसम्म तयार हुन्छ भन्ने कुराको कुनै जानकारी दिइनन् । 

चितवनमा वुधवार थप २ जनामा कोरोना संक्रमण पुष्टि 
भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवनको कालिका नगरपालिकाका ३६ वर्षीय पुरुष र २७ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । प्रयोगशालामा वुधवार एक सय १९ वटा नमूना परीक्षण गरिएकोमा २ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । बाँकी अन्य एक सय १७ वटा रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ । उनीहरूको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो । भरतपुर अस्पतालका अनुसार मंगलवार गरिएको परीक्षणमा चितवनका १३ सहित विभिन्न जिल्लाका गरि २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो ।

ट्रम्प प्रशासनले ५ लाख रेमडिसिभिर औषधि खरिद गर्ने
ट्रम्प प्रशासनले कोभिड १९ को उपचारका लागि ५ लाख डोज बराबरको रेमडिसिभर औषधि खरिदको सम्झौता गरेको छ । ट्रम्प प्रशासनले कोरोना संक्रमितको उपचारका लागि रेमडिसिभिर औषधिलाई राम्रो नतिजा दिने औषधिको रुपमा ५ लाख डोज बराबरको औषधि खरिद गर्न लागेको बताएको छ । औषधि बनाउने कम्पनी गिलियड साइन्सेजजमा जतिपनि रेमडिसिभिर औषधि उत्पादन हुन्छ त्यो सबै अमेरिकी सरकारले खरिद गर्नेछ ।

दक्षिण अफ्रिकामा फेरि लकडाउन लगाउन माग
दक्षिण अफ्रिकामा कोरोना संक्रमणको क्रम बढ्दै गएपछि दोहोर्याएर लकडाउन लगाउन माग हुन थालेको छ । दक्षिण अफ्रिकाको विपक्षी दल इकोनोमिक फ्रिडम फाइटर्सले लकडाउन गर्न माग गरेका छन् । मानिसहरु घरबाट बाहिर निस्कन थालेको, बजारहरु सबै खुला भएको कामले कोरोना संक्रमितको सम्पर्कमा आउनेहरुमा संक्रमण बढ्दै गएकोले लकडाउन फेरि जारी गर्न दलले माग गरेको छ । दक्षिण अफ्रिकामा हालसम्म कोरोना भाइरसका कारण १ लाख ५९ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने २ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts