विश्वका २ सय ३९ वैज्ञानिकहरुको चेतावनीः कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिँदैछ



Download our app to get more features

एजेन्सी, २२ असार । कोरोना भाइरसको महमारीलाई लिएर विश्वका २ सय ३९ जना वैज्ञानिकले विश्व स्वास्थ्य संगठनलाई चेतावनी दिएको छ । विश्वका ३२ मुलुकका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरसको सामान्य कणपनि हावामा लामो समयसम्म जीवित रहने भएकाले कोरोना महामारी सम्बन्धी मापदण्ड परिमार्जन गर्न भनेको छ ।

न्यूयोर्क टाईम्सका अनुसार विश्व स्वास्थ्य संगठनलाई लेखिएको पत्रमा पछिल्लो समय कोरोना भाइरसको सामान्य कणपनि लामो समयसम्म जीवित रहने भएकाले कोरोना संक्रमणमा तीव्रता आएको उल्लेख गरिएको छ । 

अस्ट्रेलियाको क्वीन्सल्याण्ड यूनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर लिडिया मोरावस्काले हामीले गरेको अध्ययन शतप्रतिशत सहि रहेको बताएकी छन् । वैज्ञानिकहरुको सुझाव र चेतावनीपछि कोरोना महामारीलाई लिएर संगठनले कोरोना महामारी सम्बन्धी मापदण्डलाई परिवर्तन गर्नुपर्ने हुन सक्छ ।

वैज्ञानिकहरुले पछिल्लो २ महिनामा गरिएको अध्ययनमा कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट हुन थालिएको पुष्टि भएको पनि पत्रमा उल्लेख गरेका छन् ।

ईरान सरकारले सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिदिएको छ । ईरानमा एकैदिन १ सय ६३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएपछि ईरान सरकारले नियमहरुमा कडाई गर्न थालेको छ । ईरानमा पछिल्लोपटक ईदलाई लिएर लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । ईरान सरकारका अनुसार सामाजीक दूरी सम्बन्धी नियमलाई पनि कडाईं गर्ने र नियम उल्लघंन गर्नेलाई कारबाही गरिने व्यवस्था फेरि लागू हुनेछ । 

Last modified on 2020-07-06 11:49:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts