५ करोड मानिसको ज्यान गएको 'ब्यूबनिक प्लेग' को संक्रमण चीनमा देखियो



Download our app to get more features

एजेन्सी, २३ असार । चीनको सिनोभेक बायोटकले विकास गरको कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको परीक्षण सुरु गरेको छ । विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलमा सिनोभेकले खोपको परीक्षण सुरु गरेको हो । ब्राजिलका ९ हजार स्वयंसेवीलाई सहभागि गराई कोरोना भाइरसका बारेमा जानकारहरुको निगरानीमा तेस्रो चरणको खोपको परीक्षण गर्न लागिएको हो । एस्ट्राजेन्का, अक्सफर्ड विश्वविद्यालय र चीनको राष्ट्रिय फर्मास्यूटिकल्स समूहले मिलेर यो खोपको परीक्षण गरिरहेको छ ।

यसैबीच, चीनको एक शहरमा ब्यूबनिक प्लेगको संक्रमण फेला परेको छ । बीबीसीका अनुसार बायानूर शहरमा एक जना मानिसमा यो रोगको संक्रमण फेला परेको हो । संक्रमित व्यक्ति जनावरको रेखदेख गर्ने व्यक्ति रहेको र उनलाई क्वारेन्टाइनमा राखिएको छ । चीनियाँ अधिकारीहरुका अनुसार ब्यूबनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ । यो खतरनाक हुन सक्छ तर सामान्यतया यसको उपचार एन्टी बायोटिक औषधिबाट गर्न सकिन्छ । संक्रमित फेला परेपछि चीनका केही शहरहरुमा लेभल तीनको चुनौती दिइएको छ । जसमा त्यसता जनावरको शिकार र खान प्रतिबन्ध लगाइन्छ जसबाट प्लेग रोगको संक्रमण फैलिन सक्ने सम्भावना बढी हुन्छ । 

ब्यूबनिक प्लेगलाई ब्ल्याक डेथपनि भनिन्छ । दोस्रो शताब्दीमा यस रोगका कारण एशिया, अफ्रिका र यूरोपीय मुलुकमा गरि झन्डै ५ करोड भन्दा बढी मानिसहरुको मृत्यु भएको थियो । तर, अब यसको उपचार भने गर्न सकिन्छ । स्ट्यानफÞोर्ट हेल्थ केयरका डाक्टर शान्ती क्यापागोडाका अनुसार अब यस रोगलाई फैलिनबाट रोक्नका लागि संक्रमित व्यक्तिमा एन्टी बडीबाट उपचार गरिन्छ । यस रोगको संक्रमण भएमा मानिसहरुको ग्रन्थीहरु सुन्निन थाल्छ र अन्य फ्लू जस्तै लक्षणहरु देखिने हुन्छ । एक सय देखि एक सय ६ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, वान्ता हुने, जोर्नीहरु दुख्ने जस्ता लक्षणहरुपनि देखिन्छ । समयमै उपचार नभए ८० प्रतिशत बिरामीको ८ दिनभित्रै मृत्यु हुने गरेको  छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts