अपडेट

कोरोना परीक्षणको नक्कली सर्टिफिकेट वितरण गरेको भन्दै बंगलादेशको एक हस्पिटल कारबाहीमा



Download our app to get more features

एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठनबाट अमेरिका औपचारिक रुपमा अलग्गिएको छ । अमेरिकाले संयुक्त राष्ट्र संघलाई संगठनबाट अलग्गिएको विषयमा औपचारिक रुपमा पत्र पठाएर जानकारी गराएको छ ।
 
अमेरिकाको तर्फबाट ६ जुलाईमा नै संगठनबाट अलग्गिएको विषयमा जानकारी प्राप्त भएको संयुक्त राष्ट्र संघले पनि पुष्टि गरेको छ । तर, यो प्रक्रिया पूरा हुनमा भने कम्तिमा पनि एक वर्षको समय लाग्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनबाट अलग्गिने विषयमा भने ट्रम्प प्रशासनले प्रक्रिया सुरु गरिसकेको छ ।
 
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा डब्ल्यूएचओबाट सम्बन्ध अन्त्य गरेको  घोषणा गरेका थिए । ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि कोरोना महामारीलाई प्रभावकारी रुपले नियन्त्रण गर्नन सकेको र चीनको इशारामा कदम उठाउँदै आएको आरोप लगाएका थिए ।

बंगलादेशमा नक्कली अस्पताल बनाएर पिसिआर परीक्षण 
बंगलादेशमा एक निजी अस्पतालले कथित रुपमा हजारौंको संख्यामा नक्कली कोरोना टेस्ट गरेपछि कारबाहीमा परेको छ । 

सोमवार ढाकाको रेजीमेन्ट अस्पतालमा प्यारामिलिट्री फोर्सले छापा मार्ने क्रममा ८ जनालाई पक्राउ गरेको छ । मार्च महिनामा रेजीमेन्ट अस्पताल सरकारको निःशुल्क कोरोना परीक्षण गराउने योजनामा सहभागि भएको थियो । जस अन्तर्गत अस्पतालले कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर सरकारी प्रयोेगशालामा पठाउनु पर्ने थियो । तर, अस्पतालले आफैले कोरोना परीक्षण गरेर टेस्टको नतिजा सार्वजनिक गर्न थालेको थियो । 

त्यसपछि हालसम्म अस्पतालले हजारौंको संख्यामा मानिसहरुलाई कोरोना परीक्षणको सर्टिफिकेट वितरण गरिसकेको छ । जुन कोरोना परीक्षणको सर्टिफिकेट फर्जि रहेको पाइएको छ । 

टेस्ट बिनै कोरोना परीक्षणको सर्टिफिकेट बाँडेको भन्दै अस्पताल कारबाहीमा परेको बंगलादेश सरकारले जनाएको छ । साथै कोरोना परीक्षणको नाममा अस्पतालले ४ हजारभन्दा बढी मानिसहरुसँग पैसापनि असुलेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७ लाख १९ हजारभन्दा बढी
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारत कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ लाख १९ हजार ६ सय नाघेको छ । जसमा ४ लाख ३९ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ ।

अमेरिकाको जन हपकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड १९ लाख नाघेको छ । संक्रमित भएकामध्ये ६९ लाख २ हजारभन्दा बढी स्वस्थ भएका छन् भने संक्रमित भएकामध्ये ५ लाख ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts