कोरोना संक्रमण पुष्टि भएपछि भारतीय गृहमन्त्री शाह अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य



Download our app to get more features

भारत, १८ साउन । भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

गृहमन्त्री शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख बताएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनले आफ्नो स्वास्थ्यको जानकारी दिँदै अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना भएको पनि उल्लेख गरेका छन् ।

साथै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

यसैबीच, तमिलनाडुका राज्यप्रमुख बनवारीलाल पुरोहितमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चेन्नई स्थित कावेरी अस्पतालमा गरिएको परीक्षण्मा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनमा कोरोनाको लक्षण भने देखिएको थिएन । 

यसअघि दिल्लीका स्वास्थ्यमन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि भएको र उनी हाल स्वस्थ भइसकेका छन् भने आइतवार उत्तर प्रदेशका एक जना मन्त्रीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts