अपडेट

कोरोना भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, २१ साउन । कोरोना भाइरसका कारण मृत्यु हुनेमा ल्याटिन अमेरिकी मुलुक विश्वकै सबैभन्दा बढी प्रभावित बनेको छ । कोरोना भाइरसका कारण्ण ल्याटिन अमेरिकी मुलुकमा युरोपीय मुलुकभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । ल्याटिन अमेरिकी मुलुकहरुमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण २ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी ब्राजिलमा मात्रै ९५ हजारभन्दा बढीको मृत्यु भएको समाचार संस्था रोयटर्सले लेखेको छ । यस्तै मेक्सिमा हालसम्म ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । मेक्सिको विश्वकै तेस्रो कोरोनाका कारण मृत्यु हुने मुलुक समेत बनेको छ यस्तै मेक्सिमा हालसम्म ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । मेक्सिको विश्वकै तेस्रो कोरोनाका कारण मृत्यु हुने मुलुक समेत बनेको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या रहेको भिक्टोरिया राज्यमा पछिल्लो २४ घन्टामा १५ जनाको कोरोनाका कारण्ण मृत्यु भएको छ । यो संख्या अन्य दिनको भन्दा धेरै रहेको छ । यस्तै ७ सय २५ जना नयाँ संक्रमित थपिएका छन् । यसअघि ४ सय ३९ जना सबैभन्दा बढी संक्रमित एक दिनमा फेला परेका थिए । यस्तै भिक्टोरियामा क्वारेन्टाइनसम्बन्धी नियम उल्लघंगन गर्नेलाई जरिवाना गरिने भएको छ । भिक्टोरियाका राज्य प्रमुख डेनियल एन्ड्रयूजले सबै नागरिकलाई घरमै क्वारेन्टाइनमा बस्न आदेश जारी गरिएको र यो नियम उल्लघंन गर्नेलाई तीन हजार डलर अर्थात् साढे दुई लाखभन्दा बढी जरिवाना गरिने बताए । यसैबीच अस्ट्रेलियाको क्विन्सल्याण्डमा फेरि लकडाउन जारी गरिएको र बोर्डरहरुपनि बन्द गरिएको छ ।  

कोरोना भाइरसका कारण अमेरिकाको सबैभन्दा बढी प्रभावित मुलुक न्युयोर्क सिटीका हेल्थ कमिशनर अक्सिरिस बारबोटले राजीनामा दिएकी छन् । न्युयोर्कमा कोरोना संक्रमणको दोस्रो चरणको लहर सुरु भएको बेला उनले राजीनामा दिएकी हुन् । स्वास्थ्यकर्मीले नै हेल्थ कमिशनरले कोरोना महामारीलाई नियन्त्रण गर्नमा असफल भएको भन्दै गुनासो गरेपछि उनले राजीनामा दिएकी हुन् ।

विश्व स्वास्थ्य संगठनले रूसले विकास गरेको कोरोना विरुद्धको खोपमाथि आशंका व्यक्त गरेको छ । संगठनका प्रवक्ता क्रिस्टियन लिन्डमियरले यदि रुसले खोपको तेस्रो चरणको परीक्षण बिनै त्यसको उत्पादनका लागि लाइसेन्स जारी गर्यो भने त्यो मापदण्ड विपरित हुने बताए । उनले कोरोना विरुद्धको खोप उत्पादनका लागि संगठनले विभिन्न मापदण्ड निर्धारण गरेको तर, रुसले मापदण्ड बिनै खोप उत्पादन सुरु गर्नु गैर कानूनी हुने बताए । 

रूसले यहि अक्टूबर महिनादेखि कोरोना विरुद्धको खोप उत्पादन सुरु गर्ने तयारी गरेको छ । रूसका स्वास्थ्य मन्त्रीले शनिवार घोषणा गरेका थिए की, अक्टूबर महिनाबाट कोभिड–१९  विरुद्धको खोप ठूलो परिमाणमा उत्पादन गर्न लागेको छ । रूसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले खोप निःशुल्क हुने र सबैभन्दा पहिले डाक्टर र अध्यापकहरुलाई दिइने बताए । रूसी स्वास्थ्य मन्त्रीले उत्पादनका साथ साथै खोपको क्लिनिकल परीक्षण पनि जारी रहने र राम्रो बनाउने प्रयास पनि जारी रहने उल्लेख गरे । 

विश्वभर फैलिएको कोरोना महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । । गत डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरसका कारण हालसम्म ७ लाख ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै हालसम्म एक करोड ८७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने निको हुनेको संख्या एक करोड १९ लाख नाघेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts