ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, २५ साउन । ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

कोरोना भाइरसका कारण विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २ सय ४० पुगेको छ । 

अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमितको संख्यापनि अमेरिकापछि सबैभन्दा धेरै रहेको छ ।

ब्राजिलमा पछिल्लो तीन महिनामा कोरोना संक्रमणका कारण ५० हजारभन्दा बढीको मृत्यु भएको छ । तर, पछिल्लो ५० दिनमा यहाँ दुई गुणा बढीको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना भाइरसका कारण हालसम्म २९ लाख ८८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच, फ्रान्सका राजधानी पेरिसमा अनिवार्य मास्क लगाउन भनिएको छ । कोरोना संक्रमणको दर बढ्न थालेपछि राजधानी पेरिसमा नागरिकलाई मास्क लगाउन अनिवार्य गरिएको हो । प्रहरीका अनुसार मास्क लगाउने सम्बन्धी नियमको उल्लघंन गर्नेलाई ११ वर्षको जेल सजाय हुनेछ । तर, यो नियम पेरिसका केही स्थानमा मात्रै लागू हुनेछ ।

 यसैबीच विशेषज्ञहरुले फ्रान्समा कुनैपनि बेला कोरोना संक्रमणको दोस्रो चरणको लहर सुरु हुन सक्ने चेतावनी दिएका छन् । फ्रान्समा हालसम्म १ लाख ९७ हजार भन्दा बढी संक्रमित भएका छन् भने ३० हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts