नक्कली आरोपित बाथरोग विशेषज्ञ डा. अरुण गुप्तालाई अदालतद्वारा सफाई

What's This?


Download our app to get more features

काठमाडौं, २० फागुन । प्रवीणता प्रमाण–पत्र तहको शैक्षिक प्रमाण–पत्र नक्कली भएको भन्दै ९ महिनादेखि मुद्दा खेपिरहेका नर्भीक अस्पतालमा कार्यरत फिजिसियन तथा बाथरोग विशेषज्ञका डा. अरुणकुमार गुप्ताले काठमाडौं जिल्ला अदालतबाट सफाई पाएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले उनलाई सफाई दिएको हो । मिति २०७३ असार १९ गते मुद्दा नं. ०७२– ३७७६ अन्तर्गत ठगी विषयमा गुप्ता विरुद्ध नेपाल सरकारका तर्फबाट नेपाल मेडिकल काउन्सिल बाँसबारीले मुद्दा दायर गरेको थियो ।

न्यायाधीश कोइरालाको इजलासले बिहीवार गुप्ता बेकसुर रहेको फैसला सुनाएको हो । सफाई पाए लगत्तै अनाहकमै आफ्नो चरित्रहत्या गर्ने नियोजित तरिकाबाट आफूलाई फसाईएको डा. गुप्ताले गुनासो गरेका छन् । मेडिकल काउन्सिलबाट उनको लाइसेन्स्बारे केही प्रश्न नउठाइए पनि नैतिकरुपमा मुद्दा फैसला नभएसम्म आफू चिकित्सा सेवामा नआउने बतार्उँदै आएका डा. गुप्ता अब भने कानुनत पुनः चिकित्सा सेवामा फर्किने भएका छन् ।

सिआइबीले वीरगंजबाट ९ जनामध्ये डाक्टर गुप्तालाई पनि पक्राउ गरेको थियो । गुप्तालाई पक्राउ गरेपश्चात् अदालतले १ लाख धरौटीमा उनलाई रिहा गरेको थियो । डा. गुप्ताले लङ्गटसिंह महाविद्यालय मुजफ्फरपुरबाट १९८६–८८ को ब्याचमा कक्षा १२ उत्तीर्ण गरेका र रूसबाट एमबिबिएस, बङ्गलादेशबाट एम.डी. गरेका छन् भने बाथरोग विषयमा भारतको एस.जी.पी.जी.आई.बाट फेलोसिप गरेको उनी कार्यरत नर्भीक अस्पतालले प्रेस विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ ।

Last modified on 2017-06-19 17:03:23

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts