विकट मुगु जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



Download our app to get more features

केएमसि पूर्व विद्यार्थी संघको आयोजनामा मुगुमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

मुगुको श्री नेपाल राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय छायानाथ रारा न.पा वडा नं.५, कार्कीवाडा मुगुमा भएको निःशुल्क स्वास्थ्य शिविरमा शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकहरुद्वारा रोगीको परिक्षण सँगै निःशुल्क औषधि वितरण गरिएको थियो ।

सोमबार आयोजित सो शिविर मौसमको प्रतिकूलतामा समेत काठमाडौंबाट चार दिन लगाएर गाडी नपुग्ने उक्त आयोजना हुने स्थलमा भरियाद्वारा औषधि बोकाएर संस्थाले बृहत्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको केएमसी पूर्व विद्यार्थी संघले जनाएको छ ।

साथै उक्त स्वास्थ्य शिविरबाट जिल्ला अस्पतालको पहुँचमा नभएका  छायानाथ नगरपालिका सम्पूर्ण बासिन्दाले स्वास्थ्य लाभ लिएका छन् ।

केएमसि एजुकेसन नेटवर्क र छायानाथ रारा नगरपालिका वडा नं ५ को सहकार्यमा सम्पन्न उक्त स्वास्थ्य शिविर मा करिब ६ सय जना बिरामीले प्रत्यक्ष लाभ लिएको आयोजक संस्थाका अध्यक्ष डा.अच्युत शाली घिमिरेले जानकारी दिए । साथै यस अघि पनि कोशी टापु, सुनसरी, धादिङ र धेरै विकट जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै असक्त, बालवृद्ध, विपन्न, पहुँच नभएकाहरुको हकहितमा कार्य गर्दै आएको र यस पटक मुगु जिल्लामा कार्यक्रम लिएर आउन पाउदा धेरै नै खुशी लागेको कुरा डा. घिमिरेले बताए ।

छायानाथ रारा नगरपालिका वडा.नं ५ का कार्यवाहक अध्यक्ष काली बहादुर रोकायाले यस्ता निःशुल्क शिविरहरुको आयोजनाले गरिब जनताहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्ने बताए ।

शिविरमा बाल रोग, नशा तथा हाडजोर्नी समस्या, छाला रोग, स्त्री तथा प्रसुती रोग का साथै अन्य जनरल रोगका बिरामीहरुको उपचार उचित परामर्श र निःशुल्क औषधि बाडेर गरिएको कुरा चिकित्सक टोलीका संयोजक डा पुरुषोत्तम अधिकारीले बताए । उक्त शिविरमा एक सय बिरामी बालरोग, एक सय बिरामी नसा तथा हाडजोर्नी समबन्धि रोग,एक सय बिरामी महिला तथा स्त्री रोग  र अरु रोगका  बिरामीहरु जेनरल रहेको कुरा कार्यक्रम संयोजक नविनराज चौलागाईले बताए ।

केएमसि बागबजार बाट प्लस टु अध्ययन गरि देश विदेशमा रहेका चौधहजार भन्दा बढी दक्ष डाक्टर, इन्जिनीयर, सिए आदिको छाता संघ रहेको यस आयोजक संस्थाले भविष्यका दिनमा समेत समाजलाई टेवा पुग्ने अनुकरणीय कार्यमा सधै अग्रसर रहने वाचा समेत गरेको छ ।

Last modified on 2019-10-02 07:16:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts