सिराहाको लाहानमा मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



Download our app to get more features

सिरहा, ८ कात्तिक । केएमसि पूर्व विद्यार्थी संघको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लहानको रा.ऊ.स्मारक अस्पतालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र संगको सहकार्यमा आयोजित उक्त निःशुल्क स्वास्थ्य शिविरमा शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर तथा पाटन अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकहरुले उपचार प्रदान गरेका थिए । शिविरमा निःशुल्क रोगीको परिक्षण संग संगै निःशुल्क औषधि वितरण गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरबाट विशेष गरि सिराहा जिल्लाका मुटुरोगीहरुले स्वास्थ्य लाभ लिएका थिए । ईसिजि, ईको र ल्याबको सेवा समेत रहेको उक्त निःशुल्क स्वास्थ्य शिविरबाट करिब ४ सय जना बिरामीले प्रत्यक्ष लाभ लिएको आयोजक संस्थाका अध्यक्ष डा.अच्युत शाली घिमिरेले जानकारी दिए । 

उक्त शिविरमा ६० वटा ईको र २ सय जति ईसिजी गरिएको थियो । मुटु रोग विशेषज्ञ डा.राजेश कुमार शाह एवं अन्य डा.संजय कुमार शाह, डा.कविता घिमिरे, डा.आशिष कडारिया, डा.अञ्जनी कुमार शाहले पनि उपचार सेवा प्रदान गरेका थिए । 

Last modified on 2019-10-25 10:11:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts